
उच्च अदालत विराटनगरले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर विरुद्ध उत्प्रेषणयुक्त परामादेश गरेको छ । निवेदक कविर पन्तले दर्ता गर्नु भएको रिट उपर सुनुवाई गर्दै क्याम्पस प्रशासन विरुद्ध परादेश गरिएको हो ।
उच्च अदालतका न्यायधिशद्वय तेजनारायण सिंह राई र राजनकुमार भट्टराईको संयुक्त इजलासले त्रिभुवन विश्वाविद्यालयले सञ्चालन गरेको सिम्याटको प्रवेश परीक्षामा प्रक्रिया पूरा गरेर आएका विद्यार्थीलाई भर्नाका अग्राधिकार दिन नरोक्नु र रोक्न नलगाउनु भन्दै आइतबार परामादेश गर्नु भएको छ ।
सिम्याट विषयको प्रवेश परीक्षा उत्तीर्ण गरे पनि आवेदन फारम भर्न नदिएपछि रङ्गेली नगरपालिका–३ का कवीर पन्तले उच्च अदालतमा रिट दिएका थिए । अदालतले विद्यार्थीलाई न्याय दिलाइदिएको विद्यार्थी नेता योगराज दाहालले जानकारी दिनु भयो ।
काठमाडौं शङ्करदेव क्याम्पसबाट व्यवस्थापन सङ्कायको सिम्याटको प्रवेश परीक्षा उत्तीर्ण गरेका पन्त महेन्द्र मोरङ क्याम्पसमा बीबीएको आवेदन फारम भर्न आउनु भएको थियो । तर क्याम्पस प्रशासनले अन्य क्याम्पसबाट इन्ट्रान्स उतीर्ण गरेका विद्यार्थीले आवेदन फारम भर्न नपाउने भन्दै फर्काइदिएको थियो ।
क्याम्पसले फर्काएपछि उहाँ उच्च अदालत पुग्नु भएको थियो । अदालतले चैत ५ गतेसम्म पुगे विद्यार्थीलाई आवेदन फारम भर्नका लागि नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।
त्रिभुवन विश्वबिधालय अन्तर्गत संचालित बिराटनगरको महेन्द्र मोरंग क्याम्पस ब्यवस्थापन संकाय डिनको कार्यालयले लिइएको सिम्याटको प्रबेश परीक्षा परीक्षामा उत्तिर्ण भई भर्ना हुन आउँदा मोरङ क्याम्पसमा भर्ना नलिएपछि विद्यार्थीले अदालतको सहारा लिनु भएको थियो ।

