
४७ वर्षपछि युरोपियन युनियनबाट बेलायत औपचारिकरुपमा छुट्टिएको हाे। शनिबार बिहानदेखि इयुसँगको ४७ वर्ष लामो आवद्धता बेलायतले तोडेको हो । स्थानीय समय अनुसार राती ११ बजे बेलायत सरकारले युरोपियन युनियनबाट अलग भएको घोषणा गर्दा देशभर नै उत्सव मनाइएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देश जारी गर्दै अब नयाँ बिहानी आउने बताएका छन् । उनि भन्छन्‘ धेरै मानिसहरुका लागि आशा र उम्मिदको एक आश्चर्यजनक क्षण हो जसको बारेमा उनीहरुले कहिल्यै सोचेका थिएनन् ।’
उनले अघि भनेका छन्, ‘निश्चित रूपमा एक तेस्रो समूह पनि छ जो सबैभन्दा अधिक चिन्तामा थियो आखिर यो राजनीतिक गतिरोध कहिले सकिन्छ या सकिँदैन भनेर।’
म सबैको भावनाको कदर गर्छु र मेरो यो खास जिम्मेबारी हाे कि देशलाई अघि बढाउँ’, उनले भनेका छन् ।
बेलायतको घोषणासँगै ब्रसेल्समा युरोपियन युनियनले बेलायतको झण्डासमेत हटाएको छ । यो निर्णयसँगै बेलायत युरोपियन युनियनसँग ११ महिने संक्रमणकालमा प्रवेश गरेको छ ।
उसले आगामी डिसेम्बरसम्म पुरानै कानुन लागू गर्ने स्पष्ट पारेको छ । जसका कारण मानिससहरु सहजै आवतजावत गर्न पाउने छन् ।
लेबर पार्टीका नेता जारेमी कोर्बिनले बे्रक्जिटबाट अलग हुने निर्णय गरेपनि बेलायतले युरोपियन युनियनसँगको सम्बन्ध सुमधुर बनाइराख्नुपर्ने बताएका छन् ।(एजेन्सी)