
कोलकत्ताको कारागारमा रहेका इलाम माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना आज रिहा भएका छन । कोलकत्ताको कारागारमा चालीस वर्षदेखि कारागार जीवन बिताइ रहेका दुर्गाप्रसाद रिहा भएका हुन ।
कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि शनिबार दमदम सेन्ट्रल जेलले दुर्गा प्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाएको हो । अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेल परेका दुर्गाप्रसादलाई उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिएका हुन ।
चालिस वर्षपछि जेल बाहिर निस्कँदा दुर्गाप्रसादले नयाँ लुगा लगाएका थिए । उनलाई ह्याम रेडियो क्लबका प्रतिनिधिले बंगाली परम्परागत पहिरन कुर्ता पाइजामा किनेर दिएका छन् ।
विसं २०३७ मा दुर्गाप्रसादले इलाम छोड्दा प्रकाशचन्द्र ७ कक्षामा पढ्नु हुन्थ्यो ।