
निर्भया प्रकरणमा दिल्ली उच्च अदालतले केन्द्र सरकारले दोषीलाई छुट्टाछुट्टै झुण्ड्याउन दिएको निवेदन खारेज गरेको छ।
दिल्ली उच्च अदालतका न्यायाधीशले भने कि निर्भया माथी भएको अपराध अमानविय थियो भन्ने मा कुनै शंका भन्दै आरोपी चारै जनालाई एकै पटक मृत्यु दण्ड दिइने आदेश दिएको छ । दिल्ली उच्च अदालतले गत आइतबार बहस सकेर आफ्नो निर्णय सुरक्षित राखेको थियो ।
यस अघि माघ १८ मा दिने भनिएको फाँसीको सजायलाई दिल्लीको पटियाला कोर्टले अर्को आदेश नभएसम्म फाँसी नदिन माघ १७ गते आदेश दिएको थियो ।
दिल्ली उच्च अदालतले भन्यो कि जब सर्वोच्च अदालतले मे २०१७ मा दोषीको बिन्ती अस्वीकार गर्यो, कुनै पनि सम्बन्धित विभागले मृत्युदण्ड जारी गर्न प्रयास गरेन, जसको अपराधीहरूले फाइदा उठाए।