
फाइल फोटो
नेकपा एमालेको खनाल–नेपाल समूूहले एमाले पुनर्गठनको दुईमहिने अभियान सञ्चालन गर्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकमा दुईमहिने अभियान सञ्चालनबारे छलफल भएको नेता भीम आचार्यले जानकारी दिए ।
उनका अनुसार दुईमहिने अभियानमा एमाले पुनर्गठनदेखि घरदैलोसम्मका कार्यक्रमहरु हुनेछन् ।सुरुवातामा पार्टीका प्रदेश, जिल्ला, गाउँ, नगर, वडा कमिटी गठन, पुनर्गठन हुनेछ । सबै संगठन पुनर्गठन भएपछि प्रशिक्षण कार्यक्रमहरु सञ्चालन हुने उनले बताए ।
त्यस्तै, घरदैलो कार्यक्रम सञ्चालन हुने उनले बताए । मदन आश्रित, मनमोहन स्मृति दिवसका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए ।