
ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरे घरमै गएर चिट काट्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
आइतवार पत्रकार सम्मेलन गर्दै महाशाखाले ट्राफिक नियम उल्लंघन गरे सीसीटिभीको माध्यमबाट घरमै पुगेर कारबाही गर्ने जनाएको हो ।
महाशाखाले नियम उल्लंघन गर्नेलाई महाशाखाकै कार्यालयमा पनि बोलाउन सक्ने जनाएको छ ।
जरिवाना रकम भने अनलाइनबाटै तिर्न सकिने महाशाखाले जनाएको छ ।