
नेपाल–भारत सीमा नदी महाकालीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खाल (तटबन्ध) को दुबै देशको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् ।
दुबै देशबाट पाँच÷पाँच सदस्यीय नापी प्राविधिकको टोलीले भारतले बनाइरहेको तटबन्धको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
भारतले एकतर्फी रुपमा नदीको धार परिवर्तन हुने गरी नेपालकै भूमिमा तटबन्ध निर्माण गरिरहेको विषयमा सञ्चारमाध्यमदेखि संसदसम्म आवाज उठेपछि नेपाल सरकारले निरीक्षणका लागि टोली पठाएको हो ।