
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न पनि आग्रह गरेका छन् ।
सोमबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन । प्रधानमन्त्रीले अघि मतको लागि आग्रह गर्नुभएको छ । तर उहाँलाई पनि राम्रोसँग थाहा छ, यो सदनले उहाँलाई विश्वासको मत दिँदैन । उहाँले बुझ्दाबुझ्दै पनि अपिल गर्नुभएको छ। यो उहाँको अपीललाई लोकतान्त्रिक प्रक्रियाको रुपमा सम्मान नै गर्न चाहन्छु ।’
ओलीलाई विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयम् ओलीलाई पनि नभएको प्रचण्डले बताए ।