
फाइल फोटो
पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको आडमा देशलाई दुर्घटनातर्फ धकेल्ने शासकलाई जनताले क्षमा नगर्ने बताएका छन् ।
संसद विघटनपछि प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै पूर्वराजा शाहले राजनीतिक जालझेल सृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको आडमा देशलाई दुर्घटनातर्फ धकेल्नु अपराध भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनीतिक जालझेल सृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्।’