
पछिल्लाे २४ घण्टामा थप १२९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ६१५३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार १९ हजार ३ सय ५७ पीसीआर र ७ सय ४८ एन्टिजेन परीक्षण गर्दा आजमात्रै देशभर ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।
यस्तै एक हजार ७३२ जना आइसियुमा उपचाररत छन भने ५२३ जना भेन्टिलेटरमा उपचाररत छन ।
साथै काठमाडौंमा १८११, ललितपुरमा ३२८ र भक्तपुरमा १७९ जना गरी काठमाडौं उपत्यकामा २ हजार ३१८ नयाँ संक्रमित थपिएको छ ।