
कञ्चनपुरको महाकाली नदीमाथि निमार्ण भैरहेको चारलेन महाकाली पुलको निमार्ण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ । भीमदत्त नगरपालिका–१२ ओदालीमा निमार्ण भैरहेको पुलको भौतिक प्रगती ७५ प्रतिशत सकिएको निमार्ण कम्पनीले जनाएको छ । जिल्लामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको भएपनि पुल निमार्ण कम्पनीले भने स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर निमार्ण कार्यलाई निरन्तरता दिएको छ ।
“हाम्रो वरपर कोरोना महामारीको प्रभाव कायमै रहेको अवस्था छ, हामीले निमार्ण कार्यलाई समयमै सम्पन्न गर्ने उदेश्य अनुरुप निमार्ण कार्य प्रभावित हुन दिएका छैनौ ।” कुमार सीएसईसी जेभी कम्पनीका इन्जिनियर किशोर राज पाण्डेयले भने, “पुलको निमार्ण कार्य समयमै सम्पन्न गराउनको लागि कम्पनी पुलको निमार्ण कार्य गरिरहेको छ, केही आवश्यक ठाउँमा कामदार अभाव भएपनि पुल निमार्णको स्ल्याब हाल्ने तथा ढलान गर्ने कार्य चलिरहेको अवस्था छ ।”

यसअघि पनि कोरोना महामारीमा पुलको निमार्ण कार्यलाई निरन्तरता दिइएको थियो । पुलमा निमार्ण गर्नुपर्ने पुलको ३२ ओटा स्लायाव मध्ये ३ ओटा स्लायाव मात्रै निमार्ण गर्न बाँकी रहेको अवस्था छ । यस्तै पुलको पहुँच मार्गको आठ किलोमिटर मध्ये तिन किलोमिटर कालोपत्रे भसकेको उनले बताए ।
यस्तै २०७८ साल फागुन सम्म योजनाको सम्पूर्ण काम सक्ने योजना निमार्ण कम्पनीकोे छ । यसअघि २०७४ सालमा नै पुर्वप्रधान मन्त्री शेरवहादुर देउवाले चार लेन महाकाली पुलको शिलन्यास गरेपछि निमार्णको जिम्मा पाएको कुमार सीएसईसी जेभीले कोरोना महामारीको दोस्रो लहरका बिच लक्ष अनुसारको प्रगती गर्न नसकेको भएपनि निमार्ण कार्यलाई तदारुकता दिएको जनाएको छ ।

महाकाली चारलेन पुल निर्माणको सम्झौता ३ अर्ब २७ करोड ९३ लाख ३४ हजारमा भएको थियो । सीमानाका गड्डा चौकीसम्म जोड्ने ६ किलोमिटर र दोेधरा चाँदनी नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको पहुँच मार्गको निमार्ण कार्य पनि अन्तिम चरणमा रहेको छ । निमार्ण कम्पनीका अनुसार पुलको लम्बाई ८ सय मिटर र चौडाई भने २३.८ मिटर रहेको छ ।
यस्तै उता गड्डाचौकी र भुजेला खोलामा पर्ने २ ओटा साना पुलको निर्माण कार्य सकिएको इन्जिनियर किशोर राज पाण्डेयले बताए । पुल निर्माण कार्य २०७४ भदौमा सुरु भएर २०७७ भदौमा सम्पन्न हुने भनिए पनि केही प्राविधिक कारण एक वर्ष थप गरि २०७८ जेठ १९ गते सम्म समय तोकिएको निर्माण कम्पनीले जनाएको छ ।

