
नेपाली बजारमा सुन चाँदीको मूल्यले हरेक दिन कीर्तिमानी अंक कायम गरेको छ। सोमबार सुनको भाउ निरन्तर बढेर ८० हजार ३ सय पुगेको छ।
आइतबार तोलामा ७८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज (सोमबार) तोलामा १ हजार २ सयले बढेर ८० हजार ३ सय पुगेको हो।
नेपाली सुन चाँदी व्यवसायी संघकाअनुसार सुनको मूल्य इतिहासमै पहिलो पटक ८० हजार नाघेको हो।
सोमबार तेजावी सुन तोलाको ८० हजारमा कारोबार भइरहेको छ। चाँदी प्रति तोलामा ५ रुपैयाँ बृद्धि भएर ९२५ कायम भएको छ।
सुनको मूल्य बढेर दैनिक नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ। कोरोना भाइरसका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपालमा पनि निरन्तर बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ।