
सांकेतिक तस्विर
दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन् ।
गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वलीलाइ प्रहरीले पक्राउ गरेका छन् ।
प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन । उनले कसलाई गोली हान्न खोजेका हुन् भन्ने नखुलेको र अनुसन्धान शुरु भएको प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।