
दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको भाउमा आज (मंगलबार) भने ब्रेक लागेको छ ।
निरन्तर बढिरहेको सुनको भाउ मंगलबार ३ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य सोमबारको तुलनामा मंगलबार ३ सय रूपैयाँले घटेको हो ।
हिजो छापावाल सुन प्रतितोला ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज घटेर प्रति तोला ८० हजार भएको छ ।
त्यस्तै महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ७९ हजार ७ सयमा कारोबार भइरहेको छ भने चाँदी प्रति तोला ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार तोलाको ८० हजार ३ सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार एकै दिन तोलामा १ हजार ५ सयले बढेको थियो । आइतबार तोलाको ७८ हजार ८ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने मंगलबार ५ रूपैयाँले बढेको हो ।