
यूईएफए युरो कप अन्तर्गत सम्पन्न दोस्रो खेलमा वेल्सले टर्कीमाथि जित निकालेको छ। आरोन रामसे र कोनर रोबर्ट्सको एक/एक गोलप्रेरित वेल्सले युरो २०२० को समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा टर्कीलाई २-० को नतिजामा पराजित गरेको छ ।
अजरबैजानको बाकुमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा रामसेले गरेको गोलमार्फत् वेल्सले अग्रता लिएको थियो । खेलको ४३ औं मिनेटमा आरोन रामसेले गोल गर्दा वेल्सले खेलमा अग्रता बनाएको थियो।
सुरुआतदेखि नै प्रतिस्पर्धात्मक बनेको खेलको छैठौं मिनेटमा रामसेले गरेको प्रहारमा टर्कीका गोलकिपर युगुरकान साकिरले असफल बनाएका थिए ।
पहिलो हाफमा एक गोलले अघि रहेको वेल्सका कप्तान ग्यारिथ बेलले खेलको ६१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर गुमाएका थिए। उनको प्रहार गोलपोस्ट माथिबाट गएको थियो। यद्यपि इन्ज्युरी समयमा उनले गोल गर्दै वेल्सलाई २-० को जित दिलाउन सफल भए। खेलको अन्तिम समयमा खेलाडीबीच ठेलाठेलको अवस्था बन्दा टर्की र वेल्समा समान २/२ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए।

यस्तै १७औं मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले हेडरमार्फत गरेको प्रहार फ्रेममा परेको थिएन । टर्कीका फरवार्ड बुरक यिलिमाजले ३७औं मिनेटमा गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।
प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा रोबर्ट्सले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै टर्कीको जित सुनिश्चित गरे । खेलको ६१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने अवसर गुमाएका कप्तान बेलले नै दुवै गोलका लागि मौका सिर्जना गरेका थिए ।
जितसँगै वेल्स ४ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा वेल्सले स्वीजरल्याण्डमाथि १-१ को बराबरी खेलेको थियो। त्यस्तै एक खेल खेलेको इटली ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै १ खेल खेलेको स्वीजरल्याण्डले १ अंक जोड्दा पहिलो खेलमा इटली र दोस्रो खेलमा वेल्ससँग पराजय ब्यहोरेको टर्की अंकविहीन छ।
