
आज डीएवी स्कूल जावलखेलमा काठमाडौं यूरेका लियो क्लबद्वारा आयोजना गरिएको इंटर लियो फुटसल प्रतियोगिता हुँदैछ। सो प्रतियोगितामा काठमाण्डु उपत्यका र जिल्लाका लिओ टोली भाग लिदै छन् ।
प्रतियोगिताबाट संकलन गरिएको रकम पाल्पा जिल्लाका विद्यार्थीहरूको प्राज्ञिक उद्देश्यका लागि खर्च गरिनेछ।
केटा प्रतियोगीहरु तर्फ प्रतियोगिताको विजेताले रु २०,०००/ र उप-विजेताले रु १०,०००/ पाउनेछन् भने केटीहरु तर्फ विजेताले रु ४,००० नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा कुल ३१ खेलहरू खेलाईनेछ। खेल बिहान ७:४५ बजे शुरु हुनेछ । डीएवी सुशील केडिया स्कूलले प्रतियोगिताको लागि मैदान प्रदान गरेको छ।
यस प्रतियोगिता को लागी वर्ल्ड लिन्क प्रा लि ले नि:शुल्क इन्टर्नेट प्रदान गरेको छ भने मेडिकल पार्ट्नरको रुपमा अल्का अस्पताल रहेको छ ।