
हिजोदेखि परेको अविरल वर्षाको कारण मध्यरातमा पहिरो जाँदा अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक सुचारु भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि अबरुद्द बनेको सडक एकतर्फी खुलेकोमा पुन भरतपुर महानगरपालिका २९ केराबारीमा पहिरो जादा अबरुद्द बनेको छ । आज बिहान इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो त्यसपछि पहिरो हटाएर सडक एकतर्फी खुलेको भएपनि पुन केराबारी भन्ने स्थानमा पहिरो गएपछि अहिले सडक अबरुद्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकरी दिएको छ ।
राजमार्ग सुचारु भएपछि उक्त क्षेत्रमा निरन्तर पानी परिरहेकोले सकेसम्म वैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्न,अन्यथा सजग रहेर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
