
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । सोमबार सर्वोच्च अदालतले मंगलबार अपराह्न ५ बजेसम्म देउवलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
सोही परमादेश अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको र साँझ ६ बजे शपथ ग्रहण कार्यक्रमण तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । कांग्रेस सभापति देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुनुभएको हो । यसअघि उहाँ चार पटकसम्म प्रधानमन्त्री बनिसक्नुभएको छ ।