
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हास्यकलाकार केदार घिमिरे ‘माग्नेबुढा’ले बधाई दिएका छन् ।
सामाजिक सञ्जालमा देउवालाई पुष्पगुच्छा दिएको तस्बिर सार्वजनिक गर्दै उनले फरक प्रस्तुतिसहित जनताको मन जित्न आग्रह गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘पाँचौँपटक प्रधानमन्त्री हुन सफल हुनुभएकोमा शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाई छ! केही फरक प्रस्तुतिसहित जनताको मन जित्नुहोला।
