
सर्वोच्च अदालतले परमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुलाई नेकपा (एमाले)का स्थानेता गोकुल बास्कोटले खरो टिप्पणी गरेका छन् ।
आफ्नो पार्टीले नेतृत्व गरेको सरकार ढालिसकेपछि माधव नेपाल समूह एमालेमा फर्किनुको कुनै औचित्य नरहेको संस्थापन पक्षका केही नेताहरुको बुझाइ छ । यस्तो बुझाइ राख्नेहरुमध्येका एक हुन् गोकुल बास्कोटा । उनले आजै सामाजिक सञ्जालमार्फत् आफ्नो घुमाउरो असन्तुष्टि व्यक्त गरेका छन् ।
बास्कोटाले देउवालाई प्रधानमन्त्री बनाउन सफल भएको भन्दै माधव नेपाललाई बधाई दिएका छन् । माधव नेपालले संविधान सशोधन गर्न लगाएर निर्दलीय लोकतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री देउवालाई बनाइछाड्ने सफलता प्राप्त गरेको बास्कोटाको टिप्पणी छ । यसैगरी उनले ‘परमादेश धाराअनुसार’ प्रधानमन्त्री बन्न सफल भएको भन्दै देउवालाई बधाई दिएका छन् ।
सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलिपल्ट बास्कोटाले सामाजिक सञ्जालमार्फत् यस्तो विचार सार्वजनिक गरेका हुन् ।
