
पूर्वमन्त्री प्रेम आलेले आफू कुनै हालतमा केपी शर्मा ओलीलाई छाड्ने पक्षमा नरहेको बताएका छन् । मन्त्री बन्नका लागि कसैलाई नभेटेको बताए ।
‘मैंले शेरबहादुर देउवालाई भेटेको छैन,’ आलेले भने,‘ यो मन्त्री मागेको भन्ने कपोकल्पित र भ्रामक खबर हो ।’आलेले आफू ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचार गराइरहेको बताए । उनले भने,‘ मैंले शेरबहादुर देउवालाई भेटेको छैन । ढाडको नशा च्यापिएर उपचार गराइरहेको छु ।’
उनले विज्ञप्तिमार्फत आफू नेकपा (एमाले) को एकताले मात्र नेपालको राष्ट्रियता, लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको रक्षा गर्न सकिन्छ भन्नेमा दृढ रहेको बताएका छन् ।
‘केही हप्तादेखि मेरो ढाडको नसा च्यापिएर ब्ल्यू लोटस अस्पताल त्रिपुरेश्वर, काठमाडौमा फिजियोथेरापी गरी आफ्नो घरमा आराम गरिरहेको अवस्थामा मेरो नाम जोडेर केही सन्चारमाध्यमले मन्त्री हुनका लागि बूढानीलकण्ठदेखि माधव नेपाल गुटमा लाग्ने तयारी गरेको समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, आलेले लेखेका छन्, ‘ म मन्त्री पद प्राप्त गर्न कुनै शक्ति केन्द्र वा नेताको घरमा गएको छैन तर नेकपा (एमाले) को एकताले मात्र नेपालको राष्ट्रियता, लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको रक्षा गर्न सकिन्छ भन्ने मेरो दृढ़ मान्यता छ ।’
आलेले पार्टी एक नभएकोमा भने आफू असन्तुष्ट भएको बताए । उनले भने, ‘म पार्टी एक नहुँदा निकै असन्तुष्ट छु ।’
आफ्नो प्रतिक्रियाबेगर भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै उनले गुनासोसमेत गरेका छन् ।