
चितवनको नारायणगढबाट एक जना लागु औषधसहित पक्राउ परेका छन ।
भरतपुर महानगरपालिका १ लिलाचोक स्थित बुटवलबाट पोखरातर्फ जाँदै गरेका पोखरा महानगरपालिका १० रामघाटका १९ बर्षिय निकेश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले उनको साथबाट नुफिन ३० थान,डाइजेपाम ३० थान,फेनारगन ३० थान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले युवकलाई १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।