
सांकेतिक तस्विर
डडेल्धुरामा एक किशोरीमाथि बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको आलिताल गाउँपालिका–६ कि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
परशुराम नगरपालिकाका एक र डोटीको जोरायल गाउँपालिकाका एक गरी दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दले बताए।
चन्दकाअनुसार डोटीको जोरायल गाउँपालिका–२ बुडरबाट ती युवतीलाई घर पु¥यादिन्छु भनि लगेर बलात्कार गरेको युवतीले बताएकि छन्।बलात्कार गरेको युवतीले प्रहरीमा मुद्दा दर्ता गरेपछि ती दुई युवकलाई साउन ५ गते पक्राउ गरिएको चन्दले बताए।
पक्राउ गरेको चार दिन भइसक्दा समेत प्रहरीले घटना गोप्य राखेर पैसाको बार्गेनिङमा मुद्दा मिलाउन खोजेको आरोप लागेको छ।