
एमाले उपाध्यक्ष भीम रावलले आफूले उत्तेजनामा आएर सांसद पदबाट राजीनामा नदिएको बताएका छन्।
उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएसँगै ट्विटमा उल्लेख गरेका छन्, ‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति ,राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ।’
सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुध्दिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको उनले बताएका छन्।
साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा आफ्नै समूहभित्र विवाद हुँदा रावलले आवेशमा आएर राजीनामा बुझाएका थिए।तर, पार्टीभित्रबाट चर्को दबाब परेपछि उनले राजीनामा फिर्ता लिएका हुन्।