
कोरोनाका कारण जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ ।
वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आइतबार मृत्यु भएको हो ।
कोरोना सक्रमण भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा वडा अबस्था गम्भीर बनेपछि आईतवार नै हेलिकप्टरबाट थप उपचारकालागि काठमाण्डौ लगिएको थियो ।
स्थानीय जनता कृष्ण माध्यमिक विद्यालयको लामो समय प्रध्यानाध्यापक रहेर अध्यापन पेशा गर्नुभएका भुसाल शिक्षक पेशाको अबकास पछि नेकपा एमालेबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।