
सरकारले सिफारिस गरेपछि गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिषदको मंगलबार बसेको निर्णयको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि उनीहरुलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
सरकारले गण्डकीमा पृथ्वी मान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ । यी दुवै जना चितवनबासी हुन् ।