
बलिउड अभिनेत्री शिल्पा सेट्ठीका श्रीमान तथा व्यवसायी राज कुन्द्रालाई गत सोमाबार पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परे ।
शिल्पा सेट्टीका पति कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइसकेको छ ।
कुन्द्रको अफिसको सर्भरबाट १२० वटा पोर्न फिल्म रिकर्भर गरिएको छ । मुम्बई क्राइम ब्रान्चलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले यसबारे खुलासा गरेका छन् ।
मुम्बई क्राइम ब्रान्चले यसबारे अनुसन्धान गर्न थालेपछि राजले आफ्नो डाटा डिलिट गरेका थिए । पछि फोरेन्सिक टिमको मद्दतले उक्त डाटा रिकर्भर गरिएको बताइएको छ ।
क्राइम ब्रान्चले उक्त सूचना पाएपछि राज ‘प्लान बी’का लागि तयार थिए । प्लान बीमा उनले अन्य फिल्म निर्माण गरेर एपमा रिलिज गरिने बताइएको छ ।
हिरासतमा रहेका राजले अहिलेसम्म आफूले पोर्न फिल्म बनाउँछु भनेर स्वीकार गरेका छैनन् । तर उनले आफूले इरोटिक फिल्म बनाउने स्वीकारे गरिसकेका छन् ।
क्राउ परेका राज कुन्द्रालाई प्रहरी हिरासतमा राखिएको थियो । उनका साथै पक्राउ परेका अर्का एक व्यक्ति रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको हो ।
राज कुन्द्रामाथि मुम्बई प्रहरीले पोर्नोग्राफिक फिल्म बनाउने र त्यसलाई एपको माध्यमबाट मानिसहरुमा पुर्याउने गरेको आरोपमा पक्राउ गरेको थियो । गत फेब्रुअरीमा प्रहरीमा एक उजुरी दर्ता भएको थियो । सोही उजुरीको अनुसन्धानको क्रममा राज कुन्द्रा पक्राउ मुम्बई प्रहरीको भनाई छ ।
प्रहरीले यो मामिलामा राज कुन्द्रा सामेल रहेको पर्याप्त प्रमाण भएको दाबी गरिरहेको छ । राज कुन्द्राले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।