
नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिए ।
“आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ,” बैठकपछि खड्काले भने,“अब धेरै समय कुर्नु पर्ने छैन ।”
यस्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा कार्यक्रम नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ भने त्यसबारे गृहकार्य गरेर मूर्तरुप दिइने खड्काले बताए ।
सरकार बनेको दुई साता बितिसक्दा पनि मन्त्रिमण्डल विस्ता हुन सकेको छैन । प्रधानमन्त्री देउवाको क्याबिनेटमा अहिले नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री र नेपाली कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।