
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले एमालेको नेपाल– खनाल समूहका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको बताएको छ ।
सरकार विस्तारबारे विभिन्न प्रश्न उठिरहेका बेला माओवादी केन्द्रले नेपाल– खनाल समूहले निर्णय नगर्दा ढिलो भएको प्रष्टिकरण दिएको हो ।
स्थायी समिति बैठकपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमालेको नेपाल–खनाल पक्षले सरकारमा सामेल हुने नहुने छिट्टै निर्णय दिने र त्यसपछि सरकारले पूर्णता पाउने बताउनुभयो ।
सरकार गठनलाई पूर्णता दिने विषयमा छलफल गर्न माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलहरुसँग छलफल गर्ने जिम्मेवारी दिएको छ ।
मन्त्रिपरिषद् विस्तारका बिषयमा प्रचण्डले गठबन्धनका घटकसँग छुट्टाछुट्टै र सामुहिक छलफल गर्नुहुने छ ।