९ बैशाख २०८२, मंगलवार

दश दिनका लागि थपियो कालिकोटमा निषेधाज्ञा

lockdwon

कालिकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन ।

कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटक पटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो ।