
विश्व चर्चित हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमती रिता विल्सन कोरोनाभाइरसबाट संक्रमित भएको रोयटर्सले जनाएको छ ।
उनीहरु केहीदिनदेखि बिरामी रहेको र चेकजाँचका क्रममा कोरोनाभाइरसबाट संक्रमित भएको पाइएको छ ।
६३ वर्षको यो जोडीको अष्ट्रेलियामा चेकजाँचका क्रममा कोरोनाभाइरस रहेको पुष्टि भएको हो । त्यहाँ फिल्मको काम गरिरहेका थिए । काम गर्दा गर्दा ज्वरो आएपछि चेकजाँच गरिएको थियो ।
ह्यान्क्स र विल्सनले रोगको लक्षण देखिएपछि स्वास्थ्यकर्मीको सल्लाह लिएको जानकारी इन्स्टाग्राममार्फत् दिएका छन् ।
अब उनीहरुले आफ्नो समय छुट्टै बसेर व्यतित गर्ने जानकारी दिएका छन् । ह्यान्क्स एल्भिस पर्सलेको जीवनमा आधारित फिल्मको कामका लागि गोल्ड कोस्टमा थिए ।