
फाइल फोटो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७३६ कोरोना संक्रमितको आईसीयूमा र १८६ को भेन्टिलेटरमा गरी कुल ९२२ जना उपचाररत छन् ।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १३९ जना आईसीयूमा र ५६ भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी प्रदेश २ मा ३ जनाको आईसीयूमा उपचार भइरहेको छ । बागमती प्रदेशमा ४४९ जना आईसीयूमा र १०५ जना भेन्टिलेटरमा उपचारत छन् ।
त्यस्तै गण्डकी प्रदेशमा ६७ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ६१ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, कर्णालीमा ९ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ८ जना आईसीयू र ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।