
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाइएको भन्दै पुनर्वहालीको माग लिएर हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत गएका छन् ।
राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गराएका हुन्।
सर्वोच्चका सहरजिष्ट्रार बाबुराम दाहालका अनुसार शाक्यले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै दायर गरेको रिट निवेदन दर्ता गरेको हो ।
कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै शाक्यले रित दर्ता गराएको सर्वोच्च प्रशासनले जनाएको छ ।
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गरेको बताए ।
शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् । यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो ।