
निर्वाचन आयोगमा नेकपा एमालेले केन्द्रीय सदस्यको नयाँ विवरण पठाएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगमा एमालेले नयाँ केन्द्रीय सदस्यको विवरण पठाएको जानकारी दिनुभयो । उहाँको अनुसार दुई सय ६० नयाँ नामसहित केन्द्रीय पदाधिकारीको विवरण अद्यावधिक गरिदिन भन्दै एमालेले आयोगलाई पत्र पठाएको हो ।
यसअघि एमालेमा २०३ सदस्यीय केन्द्रीय कमिटी रहेको थियो ।