
नेकपा एमालेको संस्थापन पक्षले गरेको १४ जना प्रतिनिधिसभा सदस्यमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यन्वयन नगर्न माग गर्दै माधव नेपाल संसद सचिवालय पुगेका छन् ।
आज होटल अर्यालमा बसेको अनौपचारिक बैठकपछि नेपालसहित १४ जना आफूहरूमाथिको कारवाही गैरकानूनी र पार्टीको विधानविपरीत रहेको लिखित दावीसहित सभामुखलाई भेट्न संसदसचिवालय पुगेको एक नेताले जानकारी दिए ।
यसको जानकारी निर्वाचन आयोगलाई पनि गराइने उनले बताए । एमालेले नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सचिवालयलाई मंगलबार सूचना दिएको थियो ।