
फाइल फोटो
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रेशम चौधरीले महन्थ ठाकुर पक्षलाई साथ दिने भएका छन् ।
हाल कारागारमा रहेका चौधरीले पार्टी विभाजनका बेला ठाकुर पक्षलाई रोजेका हुन् ।
नयाँ दल दर्ताका लागि ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाइएको निवदेनमा चौधरीको पनि हस्ताक्षर रहेको छ ।
पार्टी आधिकारिकता विवादमा ‘हेडकाउन्ट’ को बेला उनी तटस्थ बसेका थिए । तर, जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि उनी यादव समूहमा खुलेका थिए ।