
फाइल फोटो
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब आफू नेकपा एकीकृत समाजवादीमा आवद्ध रहेको बताएका छन्।
भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालले शुक्रबार सामाजिक सञ्जाल मार्फत आफू नयाँ दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहेको जनाएका हुन्।