
कोरोना भाइरस अर्थात् सरकारले कोभिड-१९ नियन्त्रणका लागि भन्दै सार्वजनिक सवारी साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसारप्रसार गर्न नपाइने भएको छ।
कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सिट क्षमताभन्दा बढी यात्रु ओसारप्रसार नगर्न तथा नगराउन यातायात व्यवसायीलाई अनुरोध गरेको हो।
सरकारले सर्वसाधारण नागरिकलाई भीडभाड गरी यात्रा नगर्न अनुरोध पनि गरेको छ।
साथै सार्वजनिक यातायातमा सवारी धनीलाई यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा डिस इन्फेक्सन गर्न निर्देशन दिएको छ। यसको अनुगमन यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले गर्नेछ।
यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्ने छ। सार्वजनिक यातायातका सवारी धनीलाई यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई डिस्इन्फेक्सनु गर्न लगाउने निर्णय गरेको छ।