
फाइल फोटो
कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्मका लागि थपिएको छ । काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा १६ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
थप निषेधाज्ञा अवधिमा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो।
उहाँका अनुसार राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियमलाई भने तत्कालका लागि हटाइएको छ ।