९ बैशाख २०८२, मंगलवार

बैतडीमा लिफ्ट दिएका ब्यक्तिले बाइक अन्तै मोडेपछि किशोरी बाइकबाटै हाम फालिन्

motocycle lader ghaite

बैतडीमा लिफ्ट मागेकी युवती मोटरसाइकलबाट खसेर एक किशोरी घाइते भएकी छिन् ।

जिल्लाको पाटन नगरपालिका ९ किचारकी १६ बर्षीय गोदावरी भट्ट गम्भीर घाइते भएकी हुन् । सोमबार खोड्पे बजारबाट घर फर्किने क्रममा सुपप्र ०४००१ प०५०१ नम्बरको मोटरसाइकलमा लिफ्ट मागेकी पाटन नगरपालिका ९ किचारकी १७ वर्षीया गोदावरी भट्ट लडेर घाइते भएको प्रहरीले जनाएको छ ।

भट्टको शरीरमा चोट रहेको बताउँदै प्रहरी निरीक्षक ओझाले डडेल्धुरामा सामान्य उपचारपछि धनगढी रेफर गरिएको जानकारी दिए । मोटरसाइकल र चालक महरालाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिएको छ । भट्टको धनगढीको माया मेट्रो अस्पतालमा आइसीयूमा उपचार भइरहेको छ ।

सोमबार बिहान गौराका लागि लुगा कपडा र श्रृंगारका सामाना किन्न खोड्पे बजार पुगेकी गोदावरीलाई घर फर्किदा मोटरसाइकलमा लिफ्ट दिएका हरिश महराले अन्तै लग्न खोजेपछि उनले मोटरसाइकलबाट हाम फालेको उनका दाजु जनकराज भट्टले बताए ।

आफ्ना बुवा अर्जुन भट्ट र गाउँका अन्य बैनीहरुसंग खोड्पे पुगेकी गोदावरी बुवा भन्दा केही ढिलो घर फर्किदा हरिशले आँफै लिफ्ट दिन्छु भनेर मोटरसाइकल चढाएको जनकले बताए ।

उनले भने ‘बैनीले बीचमा बुवा देखेपछि म यतै उत्रिन्छु भनेकी रहेछ । तर उसले विजयपुर सम्म पुर्याइ दिन्छु भनेछ । विजयपुरबाट पनि बझाङ तर्फ जाने रोडमा लान थालेपछि बहिनीले हाम फालिछन् ।’

गोदावरीले मोटरसाइकलबाट हाम फालेपछि हरिश एक्लै भागेका बताइएको छ । हरिशको घर पनि पाटन नगरपालिका ९ कत्र्याकोटमा रहेको छ । गाउँकै चिनेजानेको मान्छेले मोटरसाइकलबाट अन्तै लाने प्रयासपछि गोदावरीले हाम फालेको पारिवारका सदस्यको भनाई छ ।

घाइते गोदावरीको अहिले धनगढीको मायामेट्रो हस्पिटलमा उपचार भईरहेको छ ।