
फाइल फोटो
प्रदेश १ मा नेकपा एमालेको संसदीय दलको बैठक बोलाइएको छ । संसदीय दलले बिहीबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाएको हो ।
एमाले पार्टी विभाजनपछि प्रदेश १ मा यो संसदीय दलको पहिलो बैठक हो ।
आजको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको बुझिएको छ । राईको राजीनामापछि एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ ।
आजको बैठकले माधवकुमार नेपाल समूहमा लागेका सांसदलाई कारबाही गर्न सक्ने सम्भावना पनि रहेको बताइएको छ ।
प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बैकठमा समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभएको छ ।
पार्टी विभाजनपछि केन्द्र र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय तोकिएको छ ।