
सर्वोच्च अदालतले एक विज्ञप्ती जारी गर्दै पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठकाे बुधबार भएकाे असामयिक निधनप्रति समवेदना प्रकट गर्दै सर्वोच्च अदालतको पूर्ण बैठकले उहाँको शोकमा बिहीबार सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो ।
धनकुटा जिल्लामा १९८९ साल चैत ३० गते जन्मनुभएका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश हुनुभएको थियो । उहाँ उमेर हदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त हुुनुभएको थियो ।
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले निकाल्नुभएकाे प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनले न्याय र कानुनका क्षेत्रमा अपूरणीय क्षति भएको र देशले देवानी कानुन क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक, अत्यन्त मिलनसार र मृदुभाषी व्यक्तित्व गुमाएको उल्लेख छ ।