
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटेको नभइ केही विग्रिएका मान्छेहरुले छाडेको बताएका छन् ।
शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नव गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति इंगित गर्दै यस्तो बताएका हुन् ।
यस्तै अध्यक्ष ओलीले परमादेशबाट सरकार बनाउँदैमा क्रान्ति गरेको भ्रममा सत्तारुढ गठबन्धनका नेताहरु परेको आरोप समेत लगाएका छन् ।