
सल्यानमा जबरजस्ती करणीका घटना बढ्दै गएको पाइएको छ ।
सल्यान जिल्ला अदालतको तथ्याङ्क अनुसार पछिल्लो दुई वर्षमा ७० जबरजस्ती करणीका घटना भएका छन् ।
आर्थिक वर्ष २०७६÷२०७७ मा २४ र गत आर्थिक वर्ष २०७७/०७८ जबरजस्ती करणीका घटना भएको सल्यान अदालत सल्यानका श्रेष्टेदार हेमन्त ज्ञवालीले बताउनुभयो ।
उहाँका अनुसार आ.व.०७६/०७७ २४ घटनामा १० फच्यौट भएका छन् भने गत आ.व.मा ४६ घटनामा २६ फच्यौट भएका छन् ।
“अन्य वर्षहरूको भन्दा कोरोनाले ग्रस्त भएका दुई वर्षमा करणीका घटनामा वृद्धि आएको छ ।” उहाँले भन्नुभयोसानै उमेरमा विवाह, अशिक्षा, जनसङ्ख्याको वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, सांस्कृतिक विचलन जस्ता कारण यसका प्रकारका घटनामा वृद्धि आएको ज्ञवालीले बताउनुभयो ।
यस्तै कानुन व्यवसायी सिपी ओलीले विगतमा पनि यस प्रकारका घटना घटेको भए पनि अहिले सार्वजनिक हुँदा बढी देखिएको बताउनुभयो ।
“यस प्रकारका घटना पहिले पनि हुन्थे तर गाउँघरमै लुकाएर राखिन्थ्यो, तर आजभोलि अन्याय हिंसा सहनु हुँदैन भन्ने चेतनाको विकासका कारण पनि घटना बढी देखिएको हो ।” उहाँले भन्नुभयो ।
महिला हिंसा, घरेलु हिंसा जस्ता सामाजिक आपराधिक क्रियाकलाप अन्त्यका लागि कुनै एक पक्षको पहले मात्र सम्भव नहुने उहाँले बताउनुभयो ।
पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको चरम दुरुपयोगले यस प्रकारका घटना घटाउन प्रशय दिएको ओलीले बताउनुभयो ।