
नेपालमा थप २२६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ३१२, ललितपुरमा ११४ र भक्तपुरमा ५२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।
यस्तै, पछिल्लो २४ घण्टामा २४ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।