
फाइल फोटो
काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा भदाै मशान्तसम्मका लागि थप गरिएकाे छ ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूकाे बुधवार बसेकाे बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे ।
निषेधाज्ञाकाे समयमा गर्न नपाइने कार्यहरू जारी निषेधाज्ञामा भएकै प्रावधानलाई निरन्तरता दिइएकाे छ। यस अवधिमा विद्यालयलगायत सम्पूर्ण शैक्षिक संस्थाहरू खाेल्न नपाइने बताइएकाे छ ।
काठमाडाैंकाे गाेकर्णेश्वर नगरपालिकाका विद्यालय हिजाेदेखि खाेल्ने निर्णय गरी सञ्चालन गरेपनि प्रशासनले बन्द गर्न निर्देशन दिएकाे थियाे । काेराेना संक्रमणमा उल्लेख्य कमी नदेखिएकाे तथा स्वास्थ्यविदहरूले तेस्राे लहरकाे चेतावनी दिइरहेकाे बेला उपत्यकामा शैक्षिक संस्थाहरू भाैतिक रूपमा सञ्चालन गर्न पूर्ण राेक लगाइएकाे छ ।
