
नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा खुल्नुभएको छ ।
मंसिरमा हुने भनिएको १४ औँ महाधिवेशनमा महामन्त्रीमा लड्ने घोषणा गर्नुभएका थापा पौडेल समूहमा खुल्नुभएको हो । तेस्रो धारका कृष्णप्रसाद सिटौला समूहमा रहदै आउनु भएका थापा विहीवार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सहभागी भएर वरिष्ठ नेता पौडेल नेतृत्वको समूहमा खुल्नुभएको हो ।
पौडेल समूहले देशभरका नेता–कार्यकर्ताहरूलाई आफ्नो समूह एकढिक्का रहेको सन्देश दिन सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको थियो।
उक्त पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुजाता कोइराला, डा शेखर कोइराला, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, गगन थापा, सरिता प्रसाईं र किरण यादव सहभागी हुनुहुन्थ्यो ।