
बाग्मती प्रदेशमा नेकपा एकीकृत समाजवादीको प्रदेश सांसद संख्या १३ पुगेको छ ।
नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य मीना ज्ञवाली नेपालले एकीकृत समाजवादीका पक्षमा शुक्रबार सनाखत गर्नुभएको हो ।
उहाँ समानुपातिक सांसद हुनुहुन्छ । सांसद नेपालले हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर समाजवादीका पक्षमा सनाखत गर्नुभएको हो ।
बागमतीमा एमालेका ५६ जना सांसद रहेकोमा अब १३ जना समाजवादीका पक्षमा र ४३ जना एमालेका पक्षमा छन्।