
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ स्थित कर्रा खोलाले ट्रकसहित दुईजनालाई बगाएको छ।
शिवम सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक कर्रा खोलामा आएको भेलले बगाएको हो।
ट्रकसँग दुईजना बगाएको मकवानपुर प्रहरीले जनाएको छ।
ट्रकसँगै सोही ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र अर्का एक जना ठेगाना नखुलेका अन्दाजी ४०/४२ वर्षीय गणेश थापा मगरलाई बगाएको जनाइएको छ।
खोलामा एक्कासि आएको भेलले उक्त ट्रकलाई बगाएको र हराएका दुईजनाको खोजी कार्य तीव्र पारिएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभएकाे छ।
यसअघि पनि सोही ठाउँमा एक भारतीय ट्रकलाई कर्रामा आएको भेलले बगाएको थियो।