
अफगानिस्तानमा नयाँ सरकार गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
सरकार गठनको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै अब त्यहाँ चाँडै नै यसबारे घोषणा हुने बताइएको छ । सरकार घोषणा कार्यक्रममा सहभागिताका लागि तालिबानले ६ वटा देशलाई निमन्त्रणा दिएको छ।
तालिबानले आफ्नो सरकार घोषणा समारोहमा टर्की, चीन, रुस, इरान, पाकिस्तान र कतारलाई बोलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
तालिबानले आफू निकट देशलाई उक्त कार्यक्रममा सहभागिताका लागि बोलाएको हो ।
समारोहमा बोलाइएका रुस र चीन अमेरिकाका प्रमुख शत्रु मानिन्छन् । तालिबानले चीन र रुससँग नजिकको सम्बन्ध राख्न चाहेको बताइसकेको छ।